विषादी परीक्षण स्थगन गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौ‌ं– विषादी परीक्षण नगरी भारतीय तरकारी ल्याउने सरकारको निर्णय तत्काल बदर गर्न माग गर्दै स्वतन्त्र राष्ट्रिय अभियानले सर्वोच्चमा रिट दायर गरेको छ । अभियानका तर्फबाट अधिवक्ता स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले आज रिट हालेका हुन् ।

दायर रिटमा भारतबाट विषादी परीक्षण गरेर मात्र तरकारी ल्याउन र नेपालकै तरकारी पनि परीक्षणपछि मात्रै किनबेच गर्न सरकारमाथि आदेशको माग गरिएको छ । तत्कालका लागि राज्यले विषादी परीक्षण गर्न नसकेको भन्दैमा विषादीयुक्त खाना खान बाध्य हुने गरी निर्णय गर्न सरकारले नपाउने रिट निवेदकको तर्क छ ।

सरकारको निर्णयले संविधानप्रदत्त उपभोक्ताको हक, स्वास्थ्यको हक, सुरक्षित मातृशिशुको हक लगायतका हक हनन हुने भन्दै रिटमा गर्भवती महिलाले विषादी मिसिएको खाद्यपदार्थ खाँदा भ्रुणलाई पनि असर गर्ने हुँदा सुरक्षित मातृत्व र बाल विकासको हकसमेत हनन हुने उल्लेख गरिएको छ ।

केही दिनअघि सरकारले भारतलगायत देशबाट आयात हुने तरकारी विषादी परीक्षण गरेर मात्र भित्र्याउने यसअघिको निर्णयलाई तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको थियो । जनताको स्वास्थ्यमा गम्भीर असर पर्नेगरी मन्त्रिपरिषद्ले निर्णय गर्न नपाउने भन्दै अधिवक्ताद्वय सर्वोच्च पुगेका हुन् । 






  • प्रकाशित मिति : असार २४, २०७६ मंगलबार १२:४६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया