प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं– मंगलबार स्थगित भएकाे प्रतिनिधिसभाको बैठक बुधबारका लागि सरेको छ । प्रमुख प्रतिपक्षी दलसहितले रोस्ट्रम घेरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।

सर्लाहीमा नेकपा विप्लवका कार्यकर्ता कुमार पौडेल मारिएको घटनाको अनुसन्धानका लागि संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै दलहरूले रोस्ट्रम घेरेका थिए । गत असार ५ गते सर्लाहीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीका कार्यकर्ता कुमार पौडेलको प्रहरीको गोली लागि मृत्यु भएको थियो।

मंगलबारको बैठकमा प्रतिपक्षी सांसदले पौडेलको प्रहरी भिडन्तमा मृत्यु नभएको बरु प्रहरीले गैरन्यायिक हत्या गरेको भन्दै प्रश्न उठाएका थिए । त्यसको जवाफ दिने क्रममा गृहमन्त्रीले दिएको जवाफ चित्त नबुझेको र यो घटनामा संसदीय छानविन समिति बनाउनुपर्ने भन्दै सांसदहरुले रोस्ट्रम घेराउ गरेका थिए ।

रोस्ट्रम घेराउपछि सभामुखले १५ मिनेटका लागि संसदको बैठक स्थगित गरेका थिए । तर, १५ मिनेटपछि पनि बैठकमा अवरोध कायम रहेपछि सभामुखले विशेष कारण देखाउँदै बैठक बुधबारसम्मका लागि स्थगित गरेका हुन् ।





  • प्रकाशित मिति : असार २४, २०७६ मंगलबार १५:२२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया