मन्त्रीको गुनासो– साढे चार प्रतिशत बजेटले के काम गर्नु ? चार प्रतिशत त तलब खुवाउँदैमा सकिन्छ

काठमाडौं– उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयले काम गर्न नसकेको स्विकार्दै त्यसको दोष बजेटलाई दिएका छन् । 

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मुख्य उपलब्धि सार्वजानिक गर्ने क्रममा मन्त्री यादवले भने, ‘कुल बजेटको ४.४८ प्रतिशत बजेटले के काम गर्न सक्नु ? चार प्रतिशत त कर्मचारीको तलब खुवाउँदैमा सकिन्छ ।’ बजेट अभावकै कारण आफूले बनाएका योजनाहरु कार्यान्वयन गर्न नसकेको उनले गुनासो पोखे । 

‘त्यति थोरै बजेटले पनि हामीले लक्ष्य लिएको ६९ प्रतिशत काम गर्न सक्यौँ,’ मन्त्री यादवले भने, ‘यो गर्व गर्ने विषय हो ।’

जिम्मेवारी सम्हालेको एक वर्ष पुग्दा अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै मन्त्री यादवको आलोचना हुने गरेको छ । उनीमाथि धेरै विदेश भ्रमणमा गएको आरोप लाग्ने गरेको छ ।





  • प्रकाशित मिति : साउन ३, २०७६ शुक्रबार १९:१०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया