को हुन् बेलायती प्रधानमन्त्री बोरिस जोन्सन ?

एजेन्सी– बेलायतमा लामो समयदेखि राजनीति गरिरहेका बोरिस जोन्सनले आज (बुधबार) प्रधानमन्त्री पदको सपथ लिँदै छन् । 

युरोपेली युनियनबाट छुट्टिने विषयको सम्झौतालाई संसदमा पारित गर्न नसकेपछि यसअघि थेरेसा मेले त्यहाँ राजीनामा दिएकी थिइन् । त्यसपछि त्यहाँ सुरु भएको प्रक्रियामा जेरोमी हन्टलाई पराजित गर्दै बोरिसले सत्तारुढ दल कन्जर्भेटिभ पार्टीको नेताका रुपमा छानिएका हुन् । 

तर, यसपटक निर्वाचित हुनुभन्दा पहिले पनि बोरिस बारम्बार चर्चामा वा विवादमा आइरहेका हुन्थे । 

थेरेसा मेको कार्यकालमा बोरिस विदेशमन्त्री थिए । 

उनी परम्परागत राजनीतिलाई चुनौति दिएर यो ठाउँमा पुगेका हुन् । बोरिस जोन्सन पत्रकार, सांसद्, मेयर तथा विदेश मन्त्री भएर अहिलेको स्थानमा पुगेका हुन् । 

उनलाई समर्थन गर्नेहरु भन्छन्, उनी मानिसहरुसँग भेट्न मन पराउँछन् । यही कुरालाई उनको सबैभन्दा ठूलो शक्ति मानिएको छ । तर, उनले बेलायतको प्रधानमन्त्री हुनका लागि कम मेहनेत र आफ्नो दिमागको भरपूर प्रयोग पनि गरेका छन् ।



बरु उनले त अहिलेसम्म आफूलाई हुँदैन भन्ने कुरा सुन्न मन नपर्ने बताउँदै आएका छन् । 


नीजि जीवन



केही वर्षयता बोरिस जोनसन आफ्नो नीजि जीवनका कारण चर्चामा आएका थिए । उनी मिडियामा प्राथमिकताका साथ समाचार बनिरहे । यसमा उनको व्यक्तिगत जीवनको ठूलो भूमिका छ ।

गत वर्षमात्र उनले सम्बन्धविच्छेद गरेका थिए । 

त्यसो त राजनीतिक जीवनमा पनि उनी कम विवादित भने रहेनन् । कन्जर्भेटिभ पार्टीका केही व्यक्तिहरु उनको सुझबुझपूर्ण निर्णय लिने क्षमता नभएको बताउँछन् ।

तर, ब्रेक्जिट प्रक्रियाको समयमा भने उनका सभामा निकै ठूला भीड हुन्थे ।

लन्डनका मेयर पनि बनिसकेका जोनसन कपालको शैलीका कारण पनि बारम्बार चर्चामा आइरहेका हुन्थे । सार्वजनिक स्थानहरुमा उनी कपाल नमिलाइकनै पुग्ने भएकाले उनको कपालको चर्चा पनि बारम्बार भयो ।

न्युयोर्कमा जन्मिएका जोनसन पछि बेलायत गएका थिए । 

उनले सानैदेखि बेलायतको प्रधानमन्त्री बन्ने सपना पालेको चर्चा चल्थ्यो, यही कुरालाई उनले वास्तवमा परिणत गरेर देखाइदिए ।

 
साइकलका सौखिन, रमाइला भाषण

बोरिस जोनसन रमाइला भाषणका कारण पनि चर्चामा आइरहेका हुन्छन् । उनले बेलायतलाई युरोपेली युनियनबाट छुटाउने क्याम्पेनको नेतृत्व पनि गरेका थिए । 

दक्षिणपन्थी विचारधारमा झुकाव राख्ने जोनसनले २००४ मा एउटा पत्रिकामा लेख लेखेका थिए । यही लेखका कारण उनले लिभरपुलका जनतासँग माफी माग्नु परेको थियो । लेखमा उनले बेलायती नागरिक केन बिगलेको हत्याबारे लिभरपुलका जनताले दिएको प्रतिक्रियाको कडा व्यंग्य गरेका थिए । केन बिगलेलाई इराकमा बन्धक बनाएर हत्या गरिएको थियो ।

सन् २००४ मा चाहिँ उनलाई कन्जर्भेटिभ पार्टीले निष्कासन गरेको थियो । उनले आफ्नो प्रेम सम्बन्ध लुकाएको आरोप लागेको थियो ।

सन् २००८ मा पहिलो पटक लन्डनको मेयर बनेका जोनसनले लन्डनमा सार्वजनिक सवारीमा मदिरा लिएर यात्रा गर्न नपाइने बताए । 

यतिमात्र होइन, जोनसनले साइकलको प्रचलनलाई निकै बढावा पनि दिए । उनले लन्डनमा साइकललाई भाडामा दिने स्किम ल्याएका थिए । यसले निकै ठूलो लोकप्रियता हासिल गरेको थियो । 

कतिसम् मभने अहिले पनि ती साइकलहरुलाई बोरिस बाइक्स भनिन्छ ।

  • प्रकाशित मिति : साउन ८, २०७६ बुधबार १०:४३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया