टी–२० अन्तर्राष्ट्रियमा ज्ञानेन्द्रले बनाए दुई कीर्तिमान

आइसिसी टी–२० विश्वकपको जारी एसिया छनोट प्रतियोगितामा ज्ञानेन्द्र मल्लले दुईवटा ठूला कीर्तिमान बनाएका छन् । नेपालले मलेसियामाथि ७ विकेटको जित निकाल्दा मल्लले कीर्तिमान बनाएका हुन् ।

कप्तानीको भूमिकामा रहेका ज्ञानेन्द्र मलेसियाले दिएको ८४ रनको लक्ष्य पछ्याउने क्रममा ओपनिङमा आएका थिए । साविकका कप्तान पारस खड्का घाइते भएका कारण नेपाली टिमको नेतृत्व ज्ञानेन्द्रले गरेका छन् । उनले आक्रमक ब्याटिङ गरेका थिए ।

२० बलमा अर्धशतक प्रहार गर्दै ज्ञानेन्द्रले पहिलो कीर्तिमान बनाए । उनी टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालका लागि छिटो अर्धशतक बनाउने खेलाडी बने । ५१ रनमा आउट भएका ज्ञानेन्द्रले ५ चौका र ३ छक्का प्रहार गरे ।

यसअघि अर्धशतकको रेकर्ड विनोद भण्डारीको नाममा थियो । विनोदले गत साता मलेसियाविरुद्ध नै २५ बलमा अर्धशतक पूरा गरेका थिए । नटआउट ५१ रन जोडेका विनोदले ३ चौका र ५ छक्का हानेका थिए ।

बुधबार मलेसियाविरुद्ध ज्ञानेन्द्रले प्रदीप ऐरीसँग पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरे । यो साझेदारी पहिलो विकेटका लागि नेपालको अहिलेसम्मकै ठूलो साझेदारी हो।

ज्ञानेन्द्र र प्रदीपले एक दिनअघि बनेको कीर्तिमान तोडेका हुन् । मंगलबार कतारविरुद्धको खेलमा पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए ।





  • प्रकाशित मिति : साउन ८, २०७६ बुधबार १७:४६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया