पाकिस्तानमा सैन्य विमान दुर्घटना, १९ को मृत्यु

एजेन्सी– पाकिस्तानी सेनाको एउटा विमान मंगलबार विहान रावलपिन्डीमा दुर्घटनाग्रस्त भएको छ । मानिसहरुको बसोबासको क्षेत्रमा भएको यो दुर्घटनाका कारण १४ जना स्थानीयको मृत्यु भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यममा उल्लेख गरिएको छ । विमानमा रहेका पाँच क्रु मेम्बर्सको पनि मृत्यु भएको छ  ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । घरहरुमाथि खसेको विमानका कारण त्यहाँ आगलागी भएको र यसले मृतकको संख्या थप बढ्न सक्ने त्यहाँका अधिकारीले अनुमान गरेका छन् । 

पाकिस्तानी सेनाले दुर्घटनामा विमानका दुवै पाइलटको मृत्यु भएको जानकारी दिएको छ । उता, रावलपिन्डीको अस्पतालमा आपतकाल घोषणा गरिएको छ । पाकिस्तानी सेनाले यो विमान प्रशिक्षण उडानमा रहेको जनाएको छ । 





  • प्रकाशित मिति : साउन १४, २०७६ मंगलबार ८:५९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया