सुनकाण्ड : गोल्यानबाहेक अन्यको हकमा उच्च अदालत विराटनगरकै आदेश सदर

काठमाडौं– सर्वोच्च अदालतले सुनकाण्डमा उच्च अदालत विराटनगरले गरेको आदेश सदर गरेको छ । शुक्रबार सर्वोच्चले महावीर गोल्यानबाहेक अरुको हकमा उच्च अदालत विराटनगरकै आदेश सदर गरेको हो ।

सर्वोच्च न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुस्मलाता माथेमाको संयुक्त इजलासले गोल्यानलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको छ । यसअघि उच्च अदालतले उनलाई पूर्वक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

गोल्यानबाहेक अरूको हकमा भने उच्च अदालतले दिएको आदेश नै सदर भएको छ । पछिल्लो आदेशसँगै निलम्बित डिएसपी सञ्जय राउत, पूर्व एसएसपी श्यामबहादुर खत्री, भुजुङ गुरुङ, छिरिङ वाङद्ने घले उर्फ डा. डेभिड थुनामा नै रहने भएका छन् ।

यसअघि उच्च अदालतले सई बालकृष्ण सञ्जेललाई साधारण तारेख छाडेको थियो भने विमल पोद्दार र राजेन्द्रकुमार शाक्यलाई १० लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।





  • प्रकाशित मिति : साउन १७, २०७६ शुक्रबार १८:३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया