डा. भट्टराई प्रतिपक्षी बेन्चमा, उपयुक्त ठाउँ देखाइदिन नेकपा सांसदको आग्रह

काठमाडौं– समाजवादी पार्टीका सांसद एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई संसदमा प्रतिपक्षी बेन्चमा बसेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडाले यसबारे प्रश्न उठाएका छन् । भट्टराईकै दल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अहिले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री छन् ।

डा. भट्टराई संसदमा प्रतिपक्षी बेन्चमा बसेपछि उचित स्थान देखाइदिन खतिवडाले सभामुख कृष्णबहादुर महरासँग माग गरेका हुन् । मंगलबार संसद बैठक चलिरहेका वेला भट्टराई राष्ट्रिय जनता पार्टी (राजपा) सांसद राजेन्द्र महतोसँगै प्रतिपक्षी बेन्चमा बसेका थिए । 

सांसद खतिवडाले बाबुराम भट्टराई प्रतिपक्षमा बस्नुमा संसदले व्यवस्थापन नगरेर हो कि उहाँले एकता प्रक्रियालाई इन्कार गरेको हो रु भन्ने प्रश्न गरेका थिए । 

खतिवडाको प्रश्नको जवाफमा संसद सञ्चालन गरिरहेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले निर्वाचन आयोगबाट आधिकारिक पत्र प्राप्त नभएकाले भट्टराईका लागि बस्ने व्यवस्था गर्न नसकिएको बताएकी थिइन् । निर्वाचन आयोगबाट औपचारिक पत्राचार भइसकेपछि भट्टराईलाई यथास्थानमा बस्नका लागि व्यवस्था मिलाउने उनको भनाइ थियो । 





  • प्रकाशित मिति : साउन २१, २०७६ मंगलबार १६:२२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया