काठमाडौं– विनाश्रमस्वीकृति दुबई, कतारलगायत मुलुक पठाएको आरोपमा अध्यागमन विभागका एक अधिकृत पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका पराजुलीसहितको मिलेमतोमा श्रमस्वीकृति नलिई दुबई तथा कतारमा ट्रान्जिट भई विभिन्न अन्य मुलुक जाने व्यक्तिहरूलाई प्रस्थान अनुमति दिइएको अख्तियारको दाबी छ ।
स्वीकृति नलिएकाहरूलाई अभिलेखसमेत अभिलेखबद्ध नरहने गरी डिपार्चर स्टाम्प लगाइदिने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । यसो गर्नु गैरकानुनी क्रियाकलाप हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।