सर्वोच्चको आदेश– राष्ट्र बैंकले तोकेको सिइओको उमेर हद कार्यान्वयन नगर्नू !

काठमाडौं– सर्वोच्च अदालतले बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ)को उमेर तोक्ने राष्ट्र बैंकले गरेको सर्कुलर कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । 

प्राइम कमर्सियल बैंकका तत्कालीन सिइओ नारायणदास मानन्धरले दायर गरेको मुद्दमा फैसला गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले सिइआको उमेर तोक्ने सर्कुलर कार्यान्वयन नगर्न आदेश दिएको हो । 

दुई साताअघि मात्र राष्ट्र बैंकले बैंकका सन्चालक तथा सिइओको उमेर हद तोक्दै सर्कुलर जारी गरेको थियो । 

राष्ट्र बैंकको सर्कुलर अनुसार ६५ वर्ष उमेर नाघेको व्यक्तिले कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुन पाउने थिएनन् । यो उमेर कटेका र सिइओ नियुक्त भइसकेकाले ६९ वर्षसम्म मात्र काम गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । 

बैंक सन्चालकका लागि पनि राष्ट्र बैंकले उमेर हद तोकेको थियो । बैंक सन्चालक पदमा निर्वाचित हुन अधिकतम उमेर ७० वर्ष तोक्दै राष्ट्र बैंले परिपत्र गरेको थियो । ७० वर्ष कटिसकेका सन्चालक अध्यक्षमा निर्वाचित भएको भए ७४ वर्षसम्म मात्र काम गर्न पाउने प्रावधान ल्याइएको थियो ।

सिइओको उमेरहद कार्यान्वयन नगर्न आदेश दिए पनि राष्ट्र बैंकले सन्चालक समितिका अध्यक्षबारे केही बोलेको छैन । तर, बैंक तथा वित्तिय संस्थामा सन्चालकको उमेरहद तोक्न नहुने तर्क देखा पर्न थालेका छन् । 





  • प्रकाशित मिति : साउन २८, २०७६ मंगलबार २०:४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया