ट्रम्पको चिन्ताः हङकङतिर चीनले सेना बढाउँदै छ

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार चिनियाँ सेना हङकङको सीमातिर गइरहेको दाबी गरेका छन् । ट्रम्पले माइक्रो ब्लगिङ साइट ट्विटरमा एउटा ट्विट लेख्दै यो दाबी गरेका हुन् ।

उनको यो कुरालाई किन गम्भिरताका साथ लिइएको छ भने अहिले हङकङमा आन्दोलन चर्कँदो छ । चकिँदै गएको हङकङ आन्दोलनका कारण पनि ट्रम्पले यो विषयमा राखेको धारणाले हङकङ आन्दोलनलाई थप सहयोग पुग्ने विश्वास लिइएको छ । 

अहिले हङकङमा जारी आन्दोलनका कारण त्यहाँको अर्थतन्त्र धरासयी हुनसक्ने धेरैको अनुमान छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ट्विटमा लेखेका छन्, ‘हाम्रो जासुसी संस्थाले हामीलाई बताएअनुसार चिनियाँ सेना हङकङको सीमातिर आफ्नो सेना बढाइरहेको छ । सबैजना शान्त र सुरक्षित हुनुहोला ।’





  • प्रकाशित मिति : साउन २९, २०७६ बुधबार १०:१८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया