हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम वा भुटान बनाउँछ : प्रदीप गिरि
फरकधार / २९ साउन, २०७६

काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले भारतले आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम वा भुटान बनाइदिने बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय समितिको बैठकमा गिरिले सो कुरा बताएका हुन्  । 



समितिको बैठकमा नेपालको सीमा अतिक्रमण, दशगजामा सडक निर्माण, असमान सन्धि–सम्झौतालगायतबारे भएको छलफलमा गिरिले नेपाल–भारत सिमानामा काँडेतार लगाउने र सुरुङ युद्ध गर्ने उद्घोष गर्ने नेताहरु नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउने मात्रै काम गरेको टिप्पणी गरे ।

समयमै कूटनीतिक सक्षमता देखाउन सरकारको ध्यानाकर्षण गराउँदै उनले बोलेर मात्रै कूटनीतिक समस्या समाधान नहुने बताए । नेपालको कमजोर कूटनीति जारी रहे सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपूर्ण यथार्थतालाई समयमै आत्मसात् गर्न र पहलकदमी लिन उनले आग्रह गरे ।



उनले भने, सबैभन्दा ठूलो विफलता कूटनीतिक विफलता हो । हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम बनाउँछ, भुटान बनाउँछ । तथ्य हो यो ।’



  • प्रकाशित मिति : साउन २९, २०७६ बुधबार १८:०:३२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया