राष्ट्र संघलाई पत्र लेख्दै जनमोर्चाले भन्यो– भारतले जम्मु–कस्मिरका जनतामाथि घात गर्यो

काठमाडौं– चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले भारत सरकारले जम्मु–कस्मिरको विशेष दर्जा खारेज गरेर त्यहाँको जनतामाथि विश्वासघात गरेको भन्दै संयुक्त राष्ट्र संघलाई पत्र लेखेको छ । 

अध्यक्ष चित्रबहादुर केसीसमेत रहेको जनमोर्चाको उच्च स्तरीय प्रतिनिधिमण्डलले आज संयुक्त राष्ट्र संघका महासचिवलाई पत्र लेखी जम्मु–कस्मिरका जनतालाई भारत वा पाकिस्तानमा मिल्ने वा स्वतन्त्र हुने आत्मनिर्णयको अधिकार प्रदान गर्न राष्ट्र संघसँग आग्रह गरेको हो ।

‘हामी दृढतापूर्वक यो विचार प्रकट गर्न चाहन्छौं कि जम्मु–कास्मिरका जनतालाई भारत वा पाकिस्तामा मिल्ने वा स्वतन्त्र हुने आत्मनिर्णयको अधिकार प्रदान गर्नुपर्छ,’ जनमोर्चाको पत्रमा लेखिएको छ, ‘त्यहाँको समस्यालाई यही प्रकारले टुङ्ग्याउन हामी संयुक्त राष्ट्र संघसित सादर अनुरोध गर्दछौँ ।’





  • प्रकाशित मिति : भदौ २, २०७६ साेमबार १९:४२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया