श्रीलंका सरकारद्वारा संकटकाल अन्त्यकाे घाेषणा

एजेन्सी– श्रीलंकामा संकटकालीन अवस्थाको अन्त्य भएको छ । चार महिनाअघि इस्लामिक अतिवादी समूहले विभिन्न होटल तथा चर्चमा भीषण आक्रमण गरेपछि  सरकारले संकटकालको घोषणा गरेको थियो ।
 
दुई सय ५८ जनाको मृत्यु हुने गरी भएको सो आतंककारी हमलापछि राजधानी कोलम्बो असुरक्षित बनेको थियो । आक्रमणपछि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संकटकाल घोषणा गरेका थिए । सो संकटकाल बिहीबारबाट हटाइएको राष्ट्रपति सिरिसेनाको कार्यालयले जानकारी गराएको छ ।

यसअघि गत हप्ता मात्र श्रीलंकाका पर्यटनमन्त्रीले संकटकालीन अवस्था लम्ब्याउन आवश्यक नरहेको धारणा राखेका थिए । संकटकालीन अवस्थाका कारण पर्यटन व्यवसाय संकटमा परिरहेको भन्दै पर्यटन व्यवसायीले आग्रह गर्दै आएका थिए । 

सो आक्रमणमा संलग्नहरु केही मारिएका र केही पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ ६, २०७६ शुक्रबार १५:४५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया