हङकङ आन्दोलन उत्कर्षमाः प्रहरीले गोली चलाउन थाल्यो

एजेन्सी– एक हङकङ प्रहरी अधिकारीले आइतबार भएको विरोध प्रदर्शनमा गोली चलाएपछि हङकङ अन्दोलन नयाँ उत्कर्षमा पुगेको छ । १२ साता यता चलिरहेको हङकङ आन्दोलनमा प्रहरीले गोली चलाएको यो पहिलो पटक हो । गत जुनदेखि सुपुर्दगी विधेयकको विरोध गर्दै हङकङमा आन्दोलन सुरु भएको थियो । 

त्यति मात्र होइन, पछिल्लो समय हङकङ आन्दोलनका तस्वीर बाहिर आइरहँदा अन्य धेरै प्रहरीले प्रदर्शनकारीलाई बन्दुक–पेस्तोल ताकेको प्रष्ट देख्न सकिन्छ ।

आइतबार यो विरोध प्रदर्शन हङकङको सुएन वान जिल्लामा सुरु भएको थियो । विस्तारै आन्दोलन चर्कँदै गयो र सिम सा सुईसम्म पुग्यो । 

प्रदर्शनकारीहरुले सुपुर्दगी विधेयकको विरोधमा सुरु गरेको यो आन्दोलन आइतबार देखि उत्कर्षमा पुगेको बुझिएको छ । प्रहरीले प्रदर्शनकारीलाई तर्साउन आफूहरुले गोली प्रहार गर्न थालेको स्थानीय मिडियालाई बताएका छन् । 

प्रहरीले आइतबार रबरका गोली पनि प्रहार गरेको र अश्रुग्याँस पनि प्रहार गरेको जनाएको छ । तर, प्रदर्शनकारी प्रहरीविरुद्ध जाइलाग्दा दर्जनभन्दा धेरै प्रहरी अधिकारी अस्पतालमा भर्ना गर्नु परेको छ । दर्जनौँ प्रदर्शनकारी पनि अस्पतालमा भर्ना गरिएको त्यहाँका सन्चारमाध्यमले जनाएका छन् ।



यो आन्दोलनको सुरुवात हङकङ सरकारले ३ अप्रिलमा ल्याएको सुपुर्दगी विधेयकको विरोधमा थियो । ९ जुनदेखि हङकङमा आन्दोलन सुरु भयो र त्यो दिन १० लाखभन्दा धेरै हङकङवासी विरोधमा निस्किएका थिए । त्यसयता हङकङमा प्रत्येक दिन कम्तिमा पनि २० लाखभन्दा धेरै व्यक्तिहरु विरोधमा निस्किएका छन् । 

त्यहाँको सरकारले १६ जुनमा नै विधेयक फिर्ता लिएको घोषणा गरेको थियो । तर, आन्दोलनकारीले यसलाई बर्खास्तगी गर्नु पर्ने माग गर्दै आएका छन् । 



  • प्रकाशित मिति : भदौ ८, २०७६ आइतबार २२:१४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया