एजेन्सी– हङकङ प्रहरीले प्रदर्शनकारीलाई तितरवितर बनाउन अश्रु ग्याँस, रबरका गोली र पानीको फोहोरा प्रयोग गरेको छ । उसले प्रयोग गरेको पानीको फोहोरामा नीलो रंग मिसाइएको थियो । शनिबार पनि हङकङका मुख्य चोकहरुमा प्रतिबन्धका बाबजुद हजारौँ प्रदर्शनकारीले प्रदर्शन गरे ।
प्रदर्शनकारीले पनि प्रहरीविरुद्ध पेट्रोल बम प्रहार गरेको, संसदीय भवनमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।
शुक्रबार हङकङ प्रहरीले केही प्रदर्शनकारी तथा कानुनविद्हरुलाइ पक्राउ गरेको थियो ।
यो प्रदर्शनको सुरुवात हङकङ सरकारले ल्याएको विवादास्पद सुपुर्दगी विधेयक विरुद्ध सुरु भएको थियो जुन अहिले स्थगित गरिएको छ । तर, प्रदर्शनकारीले त्यो विधेयकलाई पूर्णरुपमा खारेज गर्नु पर्ने माग राख्दै आएका छन् ।
त्यसयता प्रदर्शनकारीले हङकङमा लामो समयदेखि दैनिक प्रदर्शन भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।