पत्रकार बन्नका लागि विशेष परीक्षा पास गर्नुपर्ने !

काठमाडौं– सत्तारुढ दल नेकपाका सांसदहरूले पत्रकारको योग्यता तोक्न मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएका छन् । पत्रकार बन्नका लागि योग्यता र मापदण्ड आवश्यक रहेको भन्दै आइतबार नेकपाका १४ राष्ट्रिय सभा सदस्यले संशोधन प्रस्ताव गराएका हुन् । 

संसद सचिवालयमा दर्ता भएको संशोधन प्रस्तावमा पत्रकारिता पेशामा प्रवेश गर्नका लागि परीक्षा लिनुपर्ने उल्लेख गरिएको छ । यस्तो ‘पत्रकारिता व्यवसायी परीक्षा’ मिडिया काउन्सिलअन्तर्गतको परीक्षा समितिले लिने प्रस्ताव गरिएको छ  । 

जसका लागि काउन्सिलले काउन्सिलले पाठ्यक्रम तयार गर्ने र वर्षमा दुईपटक पत्रकारिता प्रवेश परीक्षा सञ्चालन गर्ने पनि संशोधन प्रस्तावमा उल्लेख छ । 

पत्रकारको रुपमा दर्ता हुन पत्रकारिता विषयमा स्नातक उपाधि प्राप्त गरेको हुनुपर्ने वा अन्य कुनै विषयमा स्नातक गरेको भए तीन वर्ष पत्रकरिता गरेको हुनुपर्ने वा निरन्तर सञ्चार प्रतिनिधि भई पाँच वर्ष काम गरेको हुनुपर्ने प्रस्ताव गरिएको छ । 

उल्लेखित योग्यता पूरा भएर मात्र नपुग्ने पत्रकार बन्ने व्यक्तिले मौखिक र लिखित दुवै परीक्षा दिनुपर्ने संशोधनमा उल्लेख गरिएको छ । साथै पत्रकार बन्न नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएको हुन नहुने प्रस्ताव गरिएको छ ।





  • प्रकाशित मिति : भदौ १६, २०७६ साेमबार १५:५५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया