बेलायती प्रधानमन्त्रीको चेतावनी– इयूबाट बाहिरिने निर्णयको विरोध गर्नेलाई पार्टीबाटै गलहत्याउँछु

एजेन्सी– बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अक्टोबर ३१ देखि बेलायत युरोपेली युनियन (इयू)बाट बाहिरिने घोषणा गरेका छन् । जोनसनले आफ्नो दल कन्जरभेटिभ दलका सांसदलाई युरोपियन युनियनबाट बाहिरिने आफ्नो कदमको विरोध नगर्न चेतावनी पनि दिएका छन् । 

उनले आफ्नो निर्देशनविपरीत यदि कसैले आफनो कदमको विरोध गरेमा उसलाई पार्टीबाटै गलहत्याउने चेतावनी दिएका हुन् । कन्जरभेटिभ पार्टीका २७ सांसदले विपक्षी दलसँग मिलेर जोन्सनको कदमको विरोध गरिरहेका छन् । 

विपक्षी दल र आफ्नै पार्टीका सांसदको असहमतिका बीच जोनसनले संसद निलम्बन र इयूबाट बाहिरिने निर्णय लिएका छन् । उनको यस कदमले लोकतान्त्रिक मुलुक बेलायतमा संवैधानिक संकट निम्त्याउने खतरा बढेको छ । इयूबाट बेलायत बाहिरिएमा अर्थतन्त्र धराशायी हुने विरोधीहरूको मत छ । 

इयुबाट बाहिरिने विषयमा मंगलबार बेलायती संसदमा मतदान हँदै छ । सो मतदानमा सरकारको पक्षमा मतदान नगर्नेलाई सरकारविरोधी ठहर गरिने र त्यस्तो कदमलाई पार्टीको अनुशासन उल्लंघन गरेको मानिने प्रधानमन्त्रीको चेतावनी छ ।  

कन्जरभेटिभ पार्टीले आफ्ना सांसदलाई सरकारको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । कन्जरभेटिभ पार्टीले सो ह्विप नमान्ने सांसदलाई आगामी निर्वाचनमा पार्टीको उम्मेदवार नबनाउने घोषणा गरेको छ । 

विपक्षी दल लेबर पार्टीका नेता कोर्बिनले प्रधानमन्त्रीको कदमलाई जसरी पनि रोक्ने दाबी गर्दै मुलुकलाई भिरबाट खस्नबाट जोगाउने अन्तिम अवसरको सदुपयोग गर्न सांसदहरूलाई आग्रह गरेको छ । 





  • प्रकाशित मिति : भदौ १६, २०७६ साेमबार १७:३२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया