स्याङ्जाको गल्याङमा जिप दुर्घटना, ३ को मृत्यु २० घाइते

स्याङ्जा– स्याङ्जाको गल्याङमा जिप दुर्घटना भएको छ । पाल्पाबाट स्याङ्जाको गल्याङ जाँदै गरेको लु१ज ३८४१ नम्बरको जिप दुर्घटना भएको हो। 

सो दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । मृत्यु हुनेमा दुई वर्षीया बालिका कञ्चन परियार र अन्य दुईजना छन् । उनीहरूको सनाखत हुन बाँकी छ ।  

घाइते १४ जनाको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा र पाँचजनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । जिपमा २३ यात्रु सवार थिए ।

जिप अनियन्त्रित भई ४ सय मिटर तल खसेको थियो । जिपमा क्षमताभन्दा बढी यात्रे रहेको र चालकले आवफ्नो भाइलाई जिप चलाउन दिएका कारण दुर्घटना भएको स्थानीयको भनाइ छ । 





  • प्रकाशित मिति : भदौ १८, २०७६ बुधबार १७:२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया