एजेन्सी– बुधबार पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका लागि शुभ दिन सावित भयो । युभेन्टसका फर्वाड रोनाल्डोले बुधबार पोर्चुगलका लागि खेल्दा नयाँ रेकर्ड बनाउन सके ।
रोनाल्डो तोडेको रेकर्ड हो– रुबी किनको । आइरिस रुबीको रेकर्डलाई तोड्न बुधबार रोनाल्डोले लिथुनियाको पोस्टमा चार गोल हाने । रुबीले युरोपियन क्वालिफायरमा यसअघि २३ गोल हानेका थिए । अब रोनाल्डोले यो प्रतियोगितामा आफ्ना गोलको संख्या २५ पुर्याएका छन् ।
‘मलाई लाग्छ, क्रिस्टियानोसँग अरु नै थुप्रै रेकर्ड छन् नि,’ यो खेल सुरु हुनुभन्दा पहिले आफ्नो नतोडियोस् भन्ने कामना गर्दै व्यंग्य मिश्रित यो वाक्य किनले इन्स्टाग्राममा लेखेका थिए ।
तर, खेलमा आठौं अन्तर्राष्ट्रिय ह्याट्रिकसमेत गरेर रोनाल्डोले त्यहाँका दर्शकलाई अचम्ममा पारिदिए, आफ्नो नाममा सर्वाधिक गोलकर्ताको रेकर्ड दर्ज गरे । अब रोनाल्डोले ९३ अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सफल भएका छन् । सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेलमा गोल गर्ने रेकर्ड चाहिँ इरानका अलि दाइको नाममा छ । उनले १०९ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।