काठमाडाैं– बाग्लुङ गलकोट नगरपालिका-७ मल्मका ४१ वर्षीय गंगा थापाको जापानमा मृत्यु भएको छ ।
कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको गैरआवासीय नेपाली संघ जापानका सदस्य शिवु थापाले जानकारी दिए ।
दुई साताअघि रेष्टुराँमा काम गरिरहेका बेला एक्कासी बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। गंगा १४ वर्षअघि रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए ।
उनको अन्तिम संस्कार बुधबार जापानमै गरिने भएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।