जुम्लामा बस दुर्घटना, एककाे मृत्यु

जुम्ला— कर्णाली राजमार्गको जुम्ला र कालिकोट जिल्लाको सीमानामा पर्ने नाग्ममा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । 

सिँजाबाट जुम्लातर्फ जाँदै गरेको ना ३ ख ७६६४ नम्बरको बस तिला गुफा १ स्थित जुम्ला कालिकोटको सीमाना नाग्मको बेलिब्रेज पुलमा दुर्घटना भएकाे हाे । दुर्घटनामा सिँजा गाउँपालिका–१ का २७ वर्षीय नन्दबहादुर शाहीको मुत्यु भएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । घाइतेहरुका अनुसार चालकको लापरर्बाहीले बस दुर्घटना भएको भन्ने जानकारी प्राप्त भएको उनले बताए ।

प्रहरी नायव उपरीक्षक धामीका अनुसार घाइते हुनेमा चन्दननाथ नगरपालिका–९ का ३५ वर्षीय छाया उपाध्ययाय, सोही वडाका ३१ वर्षीय गर्भकन्या उपाध्याय, मुगुको छायानाथ रारा नगरपालिका–८ का ३० वर्षीया जुनमती रावत, सोही नगरपालिका ८ कै ३५ वर्षीय लालदेवि रावत र अछाम जिल्ला डकारी गाउँपालिका-६ का ३५ वर्षीय डिल भुल रहेका छन् ।

घाइतेहरूको कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक धामीले बताए । उनका अनुसार बस चालक फरार रहेका छन् ।





  • प्रकाशित मिति : भदौ ३१, २०७६ मंगलबार २३:७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया