काठमाडौं– उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव बुधबार अमेरिका जान लागेका छन् । यादव न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ‘स्वास्थ्यको लागि सर्वव्यापी पहुँचसम्बन्धी उच्चस्तरी बैठक’मा भाग लिन अमेरिका जाने भएका हुन् ।
उच्चस्तरीय बैठकमा सहभागी मन्त्री यादवसहित तीन सदस्यीय टोली अमेरिका जान लागेको हो । आगामी असोज ५ र ६ गते अमेरिकाको न्यूयोर्कमा महासभा हुँदै छ ।
बैठकमा मन्त्री यादवले नेपालको तर्फबाट पहिलोपटक एउटा सत्रको आयोजकको रुपमा नेतृत्व गर्नेछन् । उनले नेतृत्व गर्ने सत्रको विषय ‘अतिकम विकसित देशमा स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्ने अवसर र चुनौती’ हुनेछ ।
बैठकमा संयुक्त राष्ट्रसंघका प्रतिनिधिका अलवा बंगलादेश, इथियोपिया र मलावीका स्वास्थ्यमन्त्रीहरु सहआयोजकको रुपमा सहभागी हुनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।