'दलाल पुँजीवादको अन्त्य गर्नुपर्छ'

लमजुङ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विदेशमा उत्पादन भएकाे सामान नेपालमा ल्याएर बेच्ने र देशभित्रकाे काम विदेशी कम्पनीलाई दिनु दलाल पुँजीवाद भएको बताएका छन् । उनले दलालहरुले कमिसनका लागि गर्ने यस्ता हर्कत अन्त्य नभए देशको विकास नहुने भन्दै स्वदेशमा सामान उत्पादन गर्ने, रोजगारीको सिर्जना गर्दै गरिबीको अन्त्य गरी आम्दानी नगरेसम्म राष्ट्र पुँजीको विकास नहुने बताए ।

लमजुङ बेँसीशहरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) लमजुद्वारा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले जनताको क्रान्तिको बाटो भनेको विकास र परिवर्तन भएको बताउँदै सामन्तवाद अन्त्य भए पनि केही अवशेषहरु बाँकी रहेकाले यसको निराकरण गरी जनतामा रोजागारी र उत्पादनशील शक्तिको वृद्धि गर्ने सरकारको लक्ष्य रहेको बताए ।

प्रशिक्षण कार्यक्रममा नेकपा गण्डकी प्रदेशका अध्यक्ष एवं पूर्व मन्त्री हितराज पाण्डे, केन्द्रीय सदस्य तथा लमजुङ इन्चार्ज एवं गण्डकी प्रदेशसभामा नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारी  र केन्द्रीय सदस्य देवेन्द्र पराजुलीले प्रशिक्षण दिँदै तिनै तहको सरकारले गरिवी, पछौटेपन, विभेद हटाउँदै अघि बढनुपर्ने बताए । कार्यक्रममा पार्टीको रणनीति, कार्यनीति, सरकार–पार्टीबीचको सम्बन्ध र आगामी दिनमा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिइएको थियो ।





  • प्रकाशित मिति : असोज ४, २०७६ शनिबार २२:४३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया