के अब फुटबलमा जिनेदिन जिदानको युग सकिएको हो ?

एजेन्सी— फ्रान्सका कुनै समयका सबैभन्दा बढी चासोमा राखिएका फुटबलर जिनेदिन जिदानले खेलमा मात्र आफ्नो जादू देखाएनन्, कोचका हिसाबमा पनि अत्यन्त राम्रो प्रदर्शन गरे । 

उनी सन् २०१४ मा रियल मड्रिडमा मुख्य प्रशिक्षकका रुपमा आउँदा उनका प्रशंसक मात्र होइन, रियलका फ्यानहरुले पनि ठूलो खुसीयाली मनाए । अनि उनले यो खुसीयालीलाई प्रमाणित पनि गरिदिए; रियलले लगातार तीन पटक च्याम्पियन्स लिग जित्यो ।

तर, रियललाई यो सफलता चुमाएका जिनेदिन जिदानका लागि पछिल्लो समय त्यति फेबरेबल हुन सकेको छैन । बरु प्रश्न उठ्न थालेको छ– के संकटमा परेका हुन् जिदान ? र, यो प्रश्न किन उठेको हो भने पछिल्लो समय रियलले राम्रो खेल प्रदर्शन गर्न सकिरहेको छैन । कतिसम्म भने यसपटकको च्याम्पियन्स लिगको पहिलो खेलमा पनि रियलले हार व्यहोर्नुु पर्यो ।

हो, आइतबार राति भएको खेलमा रियलले जित त निकाल्यो, तर उसको यो खेल पनि निकै बिग्रिएको थियो । करिम बेन्जामिनले दोस्रो हाफमा हानेको गोलकै कारण रियलले आफूलाई अहिले अंक तालिकाको दोस्रो नम्बरमा पुर्याएको छ । तर, यसलाई फुटबल पन्डितहरु स्थायी नहुने दाबी गरिरहेका छन् । अनि यसले जिदानको भूमिका थप प्रश्न उठाएको छ ।

खासमा जिदानको संकट सुरु भएको यसपटक होइन, गत वर्ष देखि नै हो । जब पोर्चुगिज फर्वाड क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड छोड्ने निर्णय गरे, जिदानमाथि प्रश्न उठ्न थाल्यो । यसले दुवै मड्रिड र जिदानलाई संकटमा पारिदियो । 

झन्, क्रिस्टियानोले छोडेको ठाउँमा रिप्लेस गर्ने सोच बनाएर मड्रिड अरु खेलाडी भित्र्याउन पनि सकेन । अनि आफ्नै इतिहासमा रियलले यस्तो संकट व्यहोर्नु पर्यो कि उससले च्याम्पियन्स लिगको अन्तिम १६ बाट नै ऊ बाहिरियो । त्यसपछि जिदानले पनि भनिदिए– म रियल छोडिदिन्छु ।



जिदानले आफ्नो बोलीलाई कदर पनि गरे, उनले रियल छोडिदिए । तर, रियलसँग जिदानको यो बिछोड लामो समय रहन सकेन । उनी फेरि रियलमा फर्किए । तर, रियलले जिदानको लयलाई दोस्रो पटक समात्न सकेन, रियल मड्रिडको खेल कमजोर हुँदै गयो । 

त्यसो त जिदानले रियललाई नयाँ पोजिसनमा पुर्याउन अत्यन्त धेरै प्रयास गरे, उनले गरेको प्रयासले अहिले राम्रो फल दिइनरहेको फुटबल प्रशंसकहरु बताउँछन् । 



यसले पनि जिदानको प्रशिक्षकका रुपमा संकटलाई थप गहिर्याएको विश्लेषण विश्वभर हुन थालेको छ । 

यति हुँदाहुँदै पनि जिदानले पूरानै लय सम्हाल्न सक्ने समर्थकहरुको चाहना र इच्छा, कामना र सोच छ । यो चाहना र सोच त्यति बेला मात्र पूर्ण हुनेछ जब रियलले यसपटकको च्याम्पियन्समा फाइनल खेल खेल्नेछ, ट्रफी उचाल्नेछ । 

तर, सोचिएअनुसार रियल मड्रिडले प्रदर्शन गर्न सकेन भने पक्कै पनि जिदानले यसपटक रियललाई सदाका लागि छोड्ने पूर्वानुमान गर्न सकिन्छ । अनि यस्तो भएमा यसले अर्को सन्देश दिनेछ– फुटबलमा जिदानको दोस्रो इनिङ पनि अन्त्य हुनेछ । दोस्रो इनिङ अर्थात् एउटा प्रशिक्षकका रुपमा उनको काम । 

— एजेन्सीहरुकाे सहयाेगमा ।

  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार १०:४४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया