यी कारण जसले मेसीलाई बनायो फिफा वर्ष खेलाडी

एजेन्सी— फेडेरेसन इन्टरनेसनल डि फुटबल एसोसियसन (फिफा)ले नेपाली समयअनुसार सोमबार राति अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेसीलाई वर्ष उत्कृष्ट फुटबल घोषणा गरेको छ । उनीसँगै यसका लागि अन्तिम तीनमा पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो तथा नेदरल्यान्ड्सका डिफेन्डर भर्जिल भान डाइकलाई छानिएका थिए । 

आखिर रोनाल्डो र डाइकलाई पछाडि पारेर कसरी यो उपाधि हासिल गरे त मेसीले ? 

मेसीले गत सिजन बार्सिलोनालाई ला लिगा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरे । उनको उत्कृष्ट प्रदर्शनकै कारण बार्सिलोनाले कोपा डेल रेको फाइनल तथा च्याम्पियन्स लिगको सेमीफाइनल खेल्यो । मेसीले गत वर्ष ५८ खेल खेले । ती खेलमा उनले ५४ गोल त आफैंले स्कोर गरे । अनि उनले खेलमा २० गोलका लागि अवसर पनि सिर्जना गरे । 

त्यही वर्ष रोनाल्डोले ३५ गोल गरे र १० वटा अवसर सिर्जना गरेका थिए । डाइकले चाहिँ १० गोलमात्र आफ्नो नाममा लेखाएका छन् । 

अर्कोतिर, मेसीले अर्जेन्टिनाका लागि गत वर्ष ८ खेलमा ३ गोल तथा एक गोलका लागि अवसर पनि सिर्जना गरेका थिए । यतिमात्र होइन, सन् २०१८—१९ को युरोपियन गोल्डेन सुज पनि मेसीकै पोल्टामा पुगेको थियो ।

मेसीले यसरी नम्बरहरुमा राम्रो त गरे, योसँगै उनले दर्शक तथा भोटरहरुको पनि मन जिते । उनको शान्त स्वभाव तथा खेल कौशल सबैका लागि प्रिय मानिन्छ । त्यसैले पनि मेसीलाई यसपटक फिफाले उत्कृष्ट खेलाडीका चयन गर्यो । 





  • प्रकाशित मिति : असोज ७, २०७६ मंगलबार १४:१३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया