बेलायती प्रधानमन्त्रीद्वारा गरिएको संसद् निलम्बन अदालतद्वारा अवैधानिक घोषित

एजेन्सी– बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पाँच साताका लागि गरेको संसद् निलम्बनलाई बेलायतको सर्वोच्च अदालतले अवैधानिक घोषित गरिदिएको छ ।

प्रधानमन्त्री बोरिसले सेप्टेम्बर ९ देखि बेलायतको तल्लो सदन हाउस अफ कमन्स पाँच साताका लागि निलम्बन गर्ने निर्णय गरेका थिए । यसअघि उक्त निर्णयमा परेको मुद्दामा स्कटल्याण्डको अदालतले निलम्बन अवैधानिक भएको फैसला गरेको थियो ।

उच्च अदालतको निर्णयविरूद्ध जोनसनको सरकारले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएको थियो ।

बेलायतको सर्वोच्च अदालतले सर्वसम्मत रूपमा उक्त निर्णयलाई खारेज गरिदिएको हो । सर्वोच्च अदालतकी अध्यक्ष लेडी हेइलले ११ जना न्यायाधीशले सर्वसम्मत रूपमा प्रधानमन्त्रीको निर्णय खारेज गरेको पुष्टि गरिन् ।

ब्रेजिक्टको समयसीमा आउनै लाग्दा संसदको काम रोकिनु गलत हुने र उक्त निर्णयले लोकतन्त्रको आधारभूत मान्यतामा गम्भीर असर पर्ने अदालतको ठहर छ । 

अब संसदको प्रक्रिया अघि बढाउने जिम्मा सभामुखको हातमा पुगेको छ । हाउस अफ कमन्सका सभामुख जोन ब्रेकाउले अदालतको फैसलाको स्वागत गर्दै छिट्टै संसद बैठक बस्ने बताएका छन् ।



बेलायती प्रधानमन्त्रीले नयाँ अधिवेशन सुरु हुनुअघि केही समय संसद् निलम्बन गर्न पाउने कानुनी प्रावधान छ । सो प्रावधानअनुसार अहिलेसम्म बढीमा २० दिनसम्म संसद निलम्बन भएको थियो ।



  • प्रकाशित मिति : असोज ७, २०७६ मंगलबार १७:३६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया