दशैंमा सुनिने यी सदावाहर गीत

काठमाडाैं— दशैंको सुरुवात हुन अब दुई दिनमात्र बाँकी छ । तर, जताततै अब दशैंको माहोलले छोपिसकेको छ । दशैंको यो मौसमको कुरा गर्ने तर यसलाई छुने संगीतको कुरा नगर्ने हो भने यो अपूरो हुन्छ । 

अहिले बजारमा पनि दशैं आएपछि आउने गीतहरुको संख्या निकै हुन्छ । तर, कतिपय गीतले स्थायीत्व पाउन सक्दैनन् । तर, केही यस्ता गीतहरु पनि छन् जसलाई दशैंको पर्यायका रुपमा लिन सकिन्छ । यी गीतहरु सुन्दा दशैंको मीठास अझ बढ्ने विश्वास गरिन्छ । केही यस्ता गीतहरु जो दशैंमा सबैका लागि महत्वपूर्ण मानिन्छन् ।
 
 

दशैँ आयो 
 

दशैंको बेला यो गीत नबजेको सायदै होला । चलचित्र मुग्लानको यो गीत उदित नारायण तथा दिपा नारायण झाको स्वरमा छ । यो गीतमा दशैंको बेलामा देखिने प्राकृतीक दृष्य तथा परदेशिएका आफन्त घर फर्कदाको खुसीलाई वर्णन गरीएको छ । 

 

फुलपाती भाकेर 
 



चलचित्र भरोसाको यो गीत उदित नारायण झाको स्वरमा छ । यो गीतमा दशैंको रितिरिवाज बर्णन गरिएको छ । यो गीत कहिल्यै पुरानो नहुने दशैं गीत मध्ये एक हो ।

 



दशैं तिहार 
 

सुगम पोख्रेलले स्वर दिएको यो गीतले हाम्रा ठूला चाड दशैं र तिहारलाई वर्णन गर्छन् । यो खुसियाली यसमा वर्णन गरिएको हुन्छ । 

 

बर्षमा दिनको यो वडा दशैं 

पुरानो गीतको तयमा नयाँ शव्द मिसाएर तयार गरीएको यो गीतमा राष्ट्र सेवक प्रहरीले दशैंमा छुट्टि नपाउँदाको पीडाको वर्णन गरिएको छ । साथै यो गीतमा राष्ट्र सेवक प्रहरीका लागि घर परिवार भन्दा देश र जनता ठूलो हुन्छ भन्ने सन्देश पनि दिइएको छ  । यो गीतमा दीपक कोइरालाले स्वर दिएका छन् ।  

 

दशैंनै होकी यो मेरो दशा 

योगेशश्वर अमात्यको स्वरमा रहेको यो गीतले निम्न वर्गीय परिवारको पीडालाई वर्णन गरेको छ । यो गीतले आम नेपालीको मन जित्न सफल भएको छ ।

 

यसपाली दशैंमा ठूलो दाइ आउने रे
कुल पोखरेलले गाएको यो गीत पनि निकै चर्चामा हुन्छ, दशैंको सिजन सुरु भएपछि । २०६० सालतिर आएको यो गीतले नेपाली परिवारलाई बाहिर काम गर्न गएका आफन्तहरुको सम्झना दिलाउँछ । 

 

नमुछे आमा दहीमा टिका 
कृष्णभक्त राई तथा लक्ष्मी न्यौपानेको स्वरमा रहेको यो गीत सुनेर प्राय सबैको आँखा रसाउँछ । यो गीतले परदेशिएको छोरो गुमाउदाको पिडाको वर्णन गरेको छ । यो गीतले घरबाट टाढा हुनेहरुलाई अझ बढी रुवाउँछ ।
 

  • प्रकाशित मिति : असोज ११, २०७६ शनिबार १३:३३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया