कन्चनपुरका कैदीबन्दीलाई खसी र चिउरा उपहार
साङ्‌केतिक तस्वीर ।

कन्चनपुर– कञ्चनपुरका कैदीबन्दीलाई महाकाली नगरपालिकाका जनप्रतिनिधी एवं युवाहरुले खसी र चिउरा उपहार दिएका छन् । कैदीबन्दीलाई दसैं मनाउन भन्दै महाकाली नगरपालिकाका जनप्रतिनिधी एवं युवाहरुले खसी दिएका हुन् । शुक्रबार महाकाली नगरका प्रवक्ता दिल बहादुर सिजाली एवं नगर प्रमुख वीर बहादुर सुनारका स्वकीय सचिव सुरेश गिरीलगायतका युवाहरुले कैदीन्दीलाई खसी र चिउरा दिएका हुन् । 

महाकाली नगरका प्रवक्ता दिल बहादुर सिजालीले दसैंमा कैदीलाई पनि घरकै जस्तो आभास गराउनका लागि खसी चिउरा दिएको बताए । 

कञ्चनपुर कारागारका प्रमुख कैदीबन्दी नाइके पुष्करराज जोशीले महाकाली नगरका जनप्रतिनिधी एवं युवाहरुले दिएको खसी र चिउराले दसैं मनाउन राहत मिल्ने बताए । 

कञ्चनपुर कारागारमा हाल तीन सयको हाराहारीमा कैदीबन्दी रहेका छन् । 





  • प्रकाशित मिति : असोज १८, २०७६ शनिबार ९:४१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया