संविधान संशाेधन गरेर अगाडि बढाेस् सरकार: पूर्वराष्ट्रपति यादव
फाइल तस्वीर

काठमाडाैं– पूर्वराष्ट्रपति रामवरण यादवले संविधान संसोधन गरेर संविधानमा सबैको अपनत्व कायम गर्ने बाटोमा अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।

राजधानी काठमाडौंमा सुरु प्रथम अन्तराष्ट्रिय तमू सम्मेलनको शुक्रबार उद्घाटन गर्दै पुर्व राष्ट्रपति यादवले सरकार र नेतृत्वमा रहेका राजनीतिक दलहरुले संविधानमा भएको त्रुटी सच्याएर अघि बढ्नुपर्ने धारणा राखेका थिए । जनताको ठूलो बलिदानबाट प्राप्त संविधानलाई सर्वस्वीकार्य बनाउँदै सबैले अपनत्व महसुस गर्ने गरि संविधानमा भएका त्रुटीहरुलाई सच्याउनुपर्नेमा उनले जोड दिए । संविधान संशोधन गर्न तत्परता नदेखाउने हो भने प्राप्त उपलब्धिलाई सबैले महसुस गर्न नपाउने र कार्यान्वयनमा जटिलता उत्पन्न हुन सक्ने भन्दै उनले त्यसतर्फ सरकार र राजनीतिक दलले विवेक पुर्याउनुपर्ने बताए । 

समाजसेवी भद्र कुमारी घलेले समग्र आदिवासी जनजातिबारेमा नयाँ खोज अनुसन्धान आवश्यक रहेको भन्दै आफ्ना पुर्खाका बारेमा खोज अनुसन्धान गर्न युवा पुस्तालाई आग्रह गरे । 





  • प्रकाशित मिति : असोज २४, २०७६ शुक्रबार १६:१८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया