आज कोजाग्रत पूर्णिमा, गर्नुहोस् यी काम

काठमाडौं– नेपालीहरुको महान् चाड दशैंको आज अन्तिम दिन । आजको दिनलाई शरद पूर्णिमा, कोजाग्रत पूर्णिमाका रुपमा चिनिन्छ । आजको दिन चन्द्रमाबाट अमृत बर्सिने विश्वास गरिन्छ । त्यसैले आज रातभर जाग्राम बसेर चन्द्रमा तथा लक्ष्मीको आरधना गर्ने प्रचलन रहेको छ । 

आजको दिन चन्द्रमा सबैभन्दा नजिक हुने भएकाले चन्द्रमा बलियो हुने विश्वास लिइएको हुन्छ । चन्द्रमाको किरणले पृथ्वीलाई उज्यालो बनाउने मात्र होइन, मानिसको जीवनमा पनि खुसीयाली ल्याउने विश्वास गरिन्छ । आज रातभर जागा बसेर लक्ष्मीको आरधना गर्नाले धन र वैभवको आर्शिवाद मिल्ने विश्वास लिइएको छ । आजकै दिन घरघरमा रातभर बत्ती पनि बालिन्छ । त्यसैले ज्योतिषीहरु आजको दिनमा तुलसी र चन्द्रमा, लक्ष्मी र दीपक वा उज्यालोको आरधना गर्ने सल्लाह दिन्छन् । 

आजकै दिनदेखि नेपालमा दशैं पनि समापन गरिन्छ । कतिपय ठाउँमा आज अन्तिम दिन आफूभन्दा मान्यजनबाट टीका ग्रहण गर्ने प्रचलन पनि रहेको छ । 





  • प्रकाशित मिति : असोज २६, २०७६ आइतबार ६:५४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया