हङकङमा ‘विद्रोही’ नेतामाथि साघांतिक आक्रमण

एजेन्सी– हङकङमा प्रदर्शन गरिरहेका एक नेतामाथि सांघातिक आक्रमण भएको छ । सडकमा रगताम्मे भेटिएका उनलाई अस्पताल भर्ना गरिएको छ । 

सामाजिक सन्जालमा भेटिएका तस्वीरहरुमा जिम्मी साम सडकमा रगताम्मे भएर लडिरहेको भेटिएका थिए । उनी नागरिक मानव अधिकार फ्रन्च (सिएचआरएफ)का नेता हुन् ।

हङकङको संसदमा हङकङकी नेतृ क्यारी लामको भाषण अवरुद्ध भएको केही समयपछि भएको घटनालाई निकै बर्बर आक्रमणको संज्ञा दिइएको छ ।

हङकङमा जुनदेखि सुरु भएको सरकारविरोधी प्रदर्शन अझै रोकिएको छैन । हङकङबाट अन्तर्राष्ट्रिय मिडियाहरुका लागि रिपोर्ट गरिरहेका विभिन्न पत्रकारले यो प्रदर्शन तत्काल रोकिने छाँटकाँट नदेखिएको बताएका छन् ।

बिबिसीमा उल्लेख भएअनुसार पाँच जनाले हातमा ह्याम्मर लिएर साममाथि आक्रमण गरेका थिए । उनलाई मोङ कोक जिल्लामा आक्रमण गरिएको र टाउकोमा गम्भीर चोट लागेको अनुमान गरिएको छ । सिएचआरएफले चाहिँ उनलाई अस्पतालमा भर्ना गरिएको बताएको छ । 

यो साममाथिको दोस्रो आक्रमण हो । 



सिएएचआरएफले यो आक्रमण सरकार समर्थकले गरेको आरोप लगाएको छ । ‘यो राजनीतिक आतंक हो,’ सामको पार्टीले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘यसले हाम्रो अधिकारलाई सिमित गर्न यस्तो कदम चालिएको हो ।’ 

एम्नेस्टी इन्टरनेसनले चाहिँ यो घटनाको गम्भीर छानबिन हुनु पर्ने माग राखेको छ ।



यसअघि बुधबार संसदमा हङकङ नेतृ क्यारी लामको वार्षिक सम्बोधनलाई विपक्षी दलका सांसदहरुले अवरुद्ध गरेका थिए । सदनमा आफ्नो मन्तव्य राख्न नसकेपछि लामको भाषण अनलाइन अपडेट गरिएको छ । हङकङमा कार्यकारी प्रमुखलाई सदनमा सम्बोधन गर्न नदिइएको यो पहिलो पटक हो । 

अर्कोतिर, नेपाल भ्रमण आउँदा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको विरोधमा लाग्नेहरुको हड्डी भाँचिदिने भनेका थिए । साममाथिको यो आक्रमणलाई केहीले हङकङ चीनको काम हुनसक्ने भन्दै जिनपिङको त्यो भनाइबारे आफ्ना धारणा राखिरहेका छन् ।

  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार २२:४७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया