ट्रम्प ‘पछार्न’ सफल भएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन

एजेन्सी– पछिल्ला केही दिनयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टर्की र सिरियाको विषयलाई लिएर विश्वको ध्यानको केन्द्रमा परेका छन् । तर, जब केही दिनअघि उनले उपराष्ट्रपनि पेन्सबाट टर्कीले उत्तरी सिरियामा गरिरहेको आक्रमण रोक्न सहमत भएको घोषणा गर्न लगाए, यसले विश्वमा अर्को तरंग ल्यायो । 

यो तरंक किन आएको थियो भने टर्कीले तत्काल उत्तरी सिरियामा आक्रमण गरिदियो । सिरियाली डेमोक्रेटिक फोर्स र कुर्दीश बाहुल्यता भएको ठाउँमा टर्कीले गरेको यो आक्रमणले अमेरिकाले भनेको युद्धविरामलाई एउटा युफोरिया वा भ्रममात्र हो भन्ने प्रमाणित गरिदियो ।

यसले वासिङटन र मध्यपूर्वको मुडलाई के निश्चित गरायो भने त्यो युद्धविराम थिएन वा त्यति बेला भएको त्यो सम्झौता खासमा वास्तविक थिएन । 

यो सम्झौता पाँच दिनका लागि हो भनेर अमेरिकाले दाबी गरेको थियो । अर्थात् सम्झौता सकिँदै छ, २२ अक्टोबरमा । 

२२ अक्टोबर । यही दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रेसिप ताय्यिप एड्रोगानलाई भेट्दै छन्, सोचीमा । त्यहाँ उनीहरुले सिरियाको भविष्यबारे कुराकानी गर्ने तयारी भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यममा उल्लेख छ ।

अब के पनि निश्चित छ भने सिरियाको भविष्य रुसी राष्ट्रपति पुटिनको हातमा नै निहित रहेको छ । त्यहाँबाट अमेरिकाले आफ्ना सेना फर्काउने घोषणा गरिसकेको छ र टर्कीमाथि रुसको नै बढी बोलवाला छ ।



तर, जे होस्, ट्रम्पको प्रशासनले अचानक लिइरहेका निर्णयहरु भन्दा पछिल्लो समय पुटिन एउटा विशेष योजनामा रहेको प्रष्ट हुन्छ । सायद, उनले यसका लागि लामो समयदेखि योजना बनाइरहेका थिए । 

किनकि सिरियामा पछिल्लो समय जे भइरहे, त्यसमा मस्कोले विशेष भूमिका खेलिरहेको छ । उसले सिरियाली राष्ट्रपति बसर अल असदसँग पनि अहिलेको समयमा गर्नु पर्ने सम्झौतालाई अगाडि बढाइरहेको प्रष्ट छ ।



यसले रुसलाई त्यो क्षेत्रमा अझ बलियो बनाएको छ । जब त्यो ठाउँमा रुसी सेना देखिन्थे, न त कुर्दहरुले बमबारी गरे न त सिरियाली सरकारले वा टर्कीको सेनाले नै ।

लामो समय देखि गृहयुद्धको चपेटामा परेको रुसमा सिरियाले अहिले जुन खेल खेलेको छ, यसले रुसले चुनौतिलाई पनि सहजै लिन्छ भन्ने प्रमाणित नै गरिदिएको छ ।

जे होस्, अब सिरियाको युद्ध, टर्की र कुर्दिसको विद्रोह मात्र होइन, पुटिनले बढो चलाखीपूर्वक अमेरिकालाई आइएस र सिरियाबाट पछाडि हटाइदिएका छन् । अर्थात्, उनले अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पलाई यो मुद्दामा पछारिदिएका छन् ।

  • प्रकाशित मिति : कात्तिक ३, २०७६ आइतबार २१:४३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया