सभामुखमा कांग्रेसको दाबी छ : रमेश लेखक

काठमाडौं– नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रतिनिधिसभाका सभामुख पदमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने संवैधानिक व्यवस्था रहेकाले सोहीअनुसार सभामुख पद प्रमुख प्रतिपक्ष दललाई दिनुपर्ने तर्क अघि सारे ।

संविधनको व्यवस्थाअनुसार सभामुख र उपसभामुख पदमध्ये एक पद आफ्नो पार्टीले नपाए मान्य नहुने उनले चेतावनी दिएका छन् । सभामुख र उपसभामुख पद एउटै दलले राखे त्यो संविधानविपरीतको गतिविधि हुने भन्दै अब त्यस्तो हुन नदिने पनि बताए ।

पूर्वमन्त्री लेखकले संक्रमणकालीन न्याय निरुपणका लागि आवश्यक कानुन संशोधन गर्न ढिलाइ नगर्न सचेत गराउँदै सत्य निरुपण तथा मेलमिलाप आयोग र बपत्ता नागरिक छानबिन आयोग तत्काल गठन गर्न सरकारसँग माग गरे ।





  • प्रकाशित मिति : कात्तिक ५, २०७६ मंगलबार १६:५३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया