काठमाडौं– सरकारले भाइटीकाको भोलिपल्टका लागि सार्वजनिक बिदा दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक १३ गते बिदा दिने निर्णय गरेकाे हाे ।
नेवार समुदायको किजापूजाका लागि कात्तिक १३ गते बिदा निर्णय गरेको गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिएका छन् ।
यसअघि सरकारले पञ्चांग निर्णायक समितिको निर्णयअनुसार तिहारमा कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिएको थियो । नेवार समुदायले आफूहरुको भाइटीका (किजापूजा) कात्तिक १३ मा पर्ने भन्दै साे दिन बिदा दिन माग गरेका थिए ।
साेही मागअनुसार सरकारले बिदा घाेषणा गरेकाे हाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।