पूर्व भारतीय क्रिकेटरसँग किन रिसाइन् विराटपत्नी अनुष्का ?

एजेन्सी– बलिउड अभिनेत्री तथा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीकी श्रीमती अनुष्का शर्माले पूर्व भारतीय क्रिकेटर फारुख इन्जिनियरको एउटा अभिव्यक्तिलाई निकै आक्रोशपूर्ण रुपमा लिएर जवाफ फर्काएकी थिइन् । फारुखले विश्वकप २०१९ को क्रिकेट टिम चयनकर्तामा अनुष्काको विशेष भूमिका भएको अभिव्यक्ति दिएका थिए । 

यो अभिव्यक्ति आएपछि अनुष्काले ट्विटर र इन्स्टाग्राममा एउटा पोस्ट सेयर गरेकी छिन् । यसमा उनले यो विषयमा र अन्य विषयमा खुलेर लेखेकी छिन् । 

‘मनगढन्ते खबर तथा फेक खबरलाई कसरी निस्तेज पार्ने भन्नेमा मेरो राय सधैं के छ भने आफू चुप बस्ने र आलोचकलाई बोल्न दिने,’ अनुष्काले लेखेकी छिन्, ‘मैले यही कुरा मनमा राखेर आफ्नो करिअरको ११ वर्ष पूरा गरेकी छु ।’ उनले आफूले चुपचाप लाग्दा आत्मसम्मान र सत्यलाई सधैं बलियो बनाइरहेको पनि बताएकी छिन् । 

‘तर, भनाइ छ नि बारम्बार एउटा झुठ दोहोर्याउँदा त्यो साँचो जस्तो हुन्छ, त्यो मेरो हकमा पनि लागू भएको छ,’ उनले लेखेकी छिन्, ‘म त्यति बेला चुपचाप बसेँ जब मेरा पति विराटको खेल मेरा कारणले बिग्रिएको समेत भन्न थालिएको थियो ।’ उनले आफ्नो नाम बन्द कोठामा हुने क्रिकेटका बैठकमा समावेश हुने कुरामा जोडिएको पनि रिस पोखेकी छिन् । 

उनले आफूले सबै प्रोटोकल फलो गर्दा पनि बारम्बार आफ्नो नाम गलत तरिकाले लिँदै आइएको भन्दै पनि दुखेसो पोखेकी छिन् । 

उनले आफू चुप रहनुलाई कसैले पनि कमजोरी नसोच्न पनि अनुरोध गरेकी छिन् । उनले लेखेकी छिन्, ‘मैले आज बोल्ने फैसला गरेँ किनकि कसैलाई पनि नलगोस्, चुप रहनु भनेको उसको कमजोरी हो ।’





  • प्रकाशित मिति : कात्तिक १५, २०७६ शुक्रबार २:५१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया