राष्ट्रपति भण्डारीद्वारा सातवटै प्रदेशका प्रमुख बर्खास्त

काठमाडौं– सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रमुखहरूलाई बर्खास्त गरेकी छिन् । 

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी सोबारे जानकारी गराएका हुन् । नेपालको संविधानको धारा १६५को उपधारा (१)को खण्ड (ख)बमोजिम राष्ट्रपतिले उनीहरूलाई पदमुक्त गरेको विज्ञप्तिमा जनाइएको छ । 

तीनै तहको निर्वाचन सम्पन्न भएपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेशमा प्रमुख नियुक्त गरेको थियो । 

जसअनुसार प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ प्रदेश १, रत्नेश्वरलाल कायस्थ प्रदेश २, अनुराधा कोइराला प्रदेश ३, बाबुराम कुँवर गण्डकी प्रदेश, उमाकान्त झा ५, दुर्गाकेशर खनाल कर्णली र मोहनराज मल्ललाई सुदूरपश्चिम प्रदेशको प्रमुखमा नियुक्त भएका थिए ।  





  • प्रकाशित मिति : कात्तिक १७, २०७६ आइतबार १७:५२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया