वडाध्यक्षसहित १० जनाविरुद्ध किटानी जाहेरी

काभ्रे– बनेपा नगरपालिकाले तोडफोड गरेको आरोपमा वडा नं १० का वडाध्यक्ष शेरबहादुर सुवालसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दिएको छ । बनेपा नपाका–९ ठकुरीगाउँस्थित आफ्नै कृषि फार्ममा फोहरमैला व्यवस्थापन गर्न मेसिन राख्ने स्थान तयारी गर्ने क्रममा गत सोमबार डोजर लैजाँदा वडाध्यक्ष सुवालको नेतृत्वमा अवरोध पुर्याएको जनाउँदै किटानी जाहेरी दिइएको हो ।

नपाले उक्त स्थानमा जापानिज प्राविधिबाट धुवाँरहित, वातावरणलाई अवसर नपुग्ने मेसिनमार्फत फोहर नष्ट गर्न जमिन तयारीका लागि डोजर लैजाँदै गर्दा स्थानीयले बाटोमा अवरोध पुर्याइ सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरी डोजर तोडफोड गरिएको थियो । 

‘वडाध्यक्ष सुवालसहित १० जनाविरुद्ध शान्तिसुरक्षामा खलल पुर्याइ तोडफोडमा उत्रिएको आरोपमा जाहेरी आएको छ,' जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायj उपरीक्षक दीपक गिरीले भने । उनका अनुसार जाहेरीमा शान्तिसुरक्षामा खलल पुर्याउन भेला गराई तोडफोड गरेकाले दफा ६० को परिच्छेद–२ अनुसार कारबाहीको माग गरिएको छ । स्थानीयले अवरोध पुर्याएपछि भिडलाई तितरवितर पार्न सुरक्षाकर्मीले ६ सेल अश्रुग्यास प्रहार गरेको थियो । त्यसलगत्तै भएको झडपमा पाँचजना स्थानीय सामान्य घाइते भएका थिए । 

प्रहरीले तोडफोडमा संलग्न स्थानीय डम्बरबहादुर घिसिङ (संघर्ष समिति अध्यक्ष)लाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरी नायव उपरीक्षक गिरीले भने, ‘अनुसन्धानका लागि आरोपित अन्यको खोजी कार्य भइरहेको छ ।’ बनेपाको फोहर व्यवस्थापनका विषयमा गत हप्ता जिल्ला समन्वय समितिको कार्यालयमा भएको सर्वदलीय, पक्षीय छलफलका सहभागीले उक्त स्थानमा वातावरण प्रदूषणमुक्त मेसिन राख्न सहमत भएका थिए । 





  • प्रकाशित मिति : कात्तिक २१, २०७६ बिहीबार १५:२६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया