लमजुङमा अध्यक्षमा उठ्न नपाउने भएपछि उपाध्यक्षले दिए राजीनामा

लमजुङ– लमजुङमा उपनिर्वाचनको तयारी गरिएको वडाका कार्यवाहक वडा अध्यक्ष जगतबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् । शनिबार बेसीशहरमा पत्रकार सम्मेलन गर्दै कार्यवाहक वडाध्यक्षले पदबाट राजीनामा दिएको बताएका हुन् ।

जिल्लाको सुन्दरबजार नगरपालिका– २ मा तत्कालीन नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भई वडाध्यक्ष पद रिक्त भएदेखि कार्यवाहक अध्यक्ष पदमा कार्यरत रहेका जगतबहादुर खड्काले शुक्रबार राजीनामा दिएका हुन् । उक्त वडाका निर्वाचित वडा अध्यक्ष लोकराज पाण्डे जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि सो पद रिक्त रहेको थियो । खड्काले २० साउन ०७४ बाट कार्यवाहक अध्यक्षको काम गर्दै आएका थिए । 

नेकपाले उक्त पदको उपनिर्वाचनमा नवीन श्रेष्ठलाई उम्मेदवार बनाउने घोषणा गरे लगत्तै उनले राजीनामा दिएका हुन् । उनले भने, ‘मैले वडाध्यक्षका हैसियतले गरेका काममा कुनै प्रकारको विरोध नभएको अवस्थामा जनमतको विश्वासका आधारमा मैले थालेका काम अधुरा रहेका छन्, त्यो पुरा गर्ने अवसरबाट बञ्चित भएका कारण आफूले पदबाट राजीनामा गरेको हुँ ।’ मतदाताका चाहनालाई आफूले सदैव सम्मान गर्ने उनले बताए ।





  • प्रकाशित मिति : कात्तिक २४, २०७६ आइतबार १९:२९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया