सरकारका अलोकतान्त्रिक गतिविधि रोक्न कांग्रेसकाे जित आवश्यक : डा. रिजाल

कास्की– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले जनताको विश्वासलाई कायम राख्न कांग्रेसले उपनिर्वाचन जित्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसले कास्कीमा आयोजना गरेकाे कार्यक्रममा बा्ल्दै उनले साे कुरा बताएका हुन् ।

उनले भने, 'यो चुनाव जितेर सरकार परिवर्तन हुँदैन, कांग्रेस सत्तामा पनि पुग्दैन, तर कांग्रेसप्रति जनताको विश्वास कायमै छ भन्ने सन्देश दिन पनि यो चुनाव जित्नु अपरिहार्य छ ।’

संविधानको रक्षा गर्दै सरकारका अलोकतान्त्रिक गतिविधि रोक्न पनि यो चुनाव कांग्रेसले जित्न आवश्यक रहेको उल्लेख गर्दै उनले कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
    
कास्की कांग्रेसले घरदैलो तथा मतदाता भेटघाट अभियान तीव्र बनाएको छ । पोखराका ११ वटै वडाभित्रका सबै टोलमा कांग्रेसका नेता कार्यकर्ता पुग्ने र मतदाता भेटघाट गर्ने कार्यक्रम तीव्र रुपमा भइरहेको कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी गराए ।





  • प्रकाशित मिति : कात्तिक २९, २०७६ शुक्रबार १७:५२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया