उपनिर्वाचन अपडेट: भक्तपुरमा कांग्रेस, पोखरामा नेकपा अगाडि

काठमाडौं– शनिबार भएको उपनिर्वाचनको अधिकांश वडाहरुको मत परिणाम आइसकेको छ । प्रदेश सभाका लागि प्रतिनिधि सभाका लागि भएका निर्वाचको नतिजा पनि आउने क्रममा छ । 

प्रदेशसभा अन्तर्गत भक्तपुरको क्षेत्र नम्बर १ (क)मा भएको निर्वाचनमा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भडेल अन्य उम्मेदवारभन्दा कम्तिमा २५ सय मतले अगाडि छन् । उनलाई नेकपाका उम्मेदवार डिपी ढकालले फलो गरिरहेका छन् । नेमकिपा उम्मेदवार निरज लवजु तेस्रो स्थानमा छन् । 

त्यस्तै, प्रतिनिधिसभाका लागि एक मात्र स्थान कास्कीमा भएको उपनिर्वाचनमा सत्तारुढ नेकपाका उम्मेदवार विद्या भट्टराईले अग्रता लिएकी छिन् । उनले कांग्रेस उम्मेदवार खेमराज पौडेललाई ३७ सय मतले पछाडि पारेकी छिन् । 

कास्कीमा भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको थियो । कास्कीमा प्रतिनिधि सभा सदस्यका लागि विभिन्न दल र स्वतन्त्र गरि २१ जनाले उम्मेदवार दिएका छन् । 





  • प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार १०:४३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया