धरान– धरान उपमहानगरपालिकाका नयाँ मेयरका लागि शनिबार भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । पछिल्लो मत परिणामअनुसार त्यहाँ नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार प्रकाश राई र नेपाली कांग्रेसका उम्मेदवार तिलक राईबीच कडा प्रतिस्पर्धा देखिने भएको छ ।
पछिल्लो मत परिणामअनुसार नेकपाका प्रकाश कांग्रेसका तिलकभन्दा केही मतले मात्र अगाडि छन् । प्रकाशले ४८१७ पाउँदा तिलकले ४७९९ मत पाएका छन् ।
त्यहाँ अन्य उम्मेदवारहरु निकै पछाडि छन् । तेस्रो नम्बरमा रहेका लोकतान्त्रिक राष्ट्रिय मन्चका अम्बरबहादुर लिम्बुले १६२ मत पाएका छन् । २०७४ सालमा भएको निर्वाचनमा धरानमा नेकपाका मेयर निर्वाचित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।