भक्तपुरमा कांग्रेसका भँडेल विजयी

काठमाडौं– शनिबार भक्तपुरमा प्रदेशसभाका लागि भएको उपनिर्वाचनमा कांग्रेस विजयी भएको छ । भक्तपुर १ (क)मा भएको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवारलाई हराउँदै नेपाली कांग्रेस विजयी भएको हो । 

कांग्रेस उम्मेदवार कृष्णलाल भँडेलले १३ हजार ७४८ मत ल्याएर जित दर्ज गरेका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डिपी ढकालले चाहिँ ११ हजार २ सय १० मत पाए । 

भक्तपुरमा नेमकिपाका निरज लवजुले ५ हजार ८ सय २९ मत पाए । निर्वाचन आयोगले केही बेरमा भक्तपुरको निर्वाचन परिणामको आधिकारिक घोषणा गर्दै छ ।  





  • प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार ११:२१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया