दाङमा नेकपाकी विमला विजयी, धरानमा कांग्रेस उम्मेदवारको मतान्तर फराकिलो

काठमाडौं– शनिबार उपनिर्वाचन भएको दाङको प्रदेशसभा ३ (ख)बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की विमला खत्री ओली निर्वाचित भएकी छिन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव आचार्यलाई ५ हजारभन्दा धेरै मतले हराएकी हुन् ।

२०७४ सालमा भएको निर्वाचनमा यो क्षेत्रबाट तत्कालीन एमालेका उत्तरकुमार ओली प्रदेशसभाका लागि चयन भएका थिए । तर, उनको एक दुर्घटनामा परि निधन भयो । विमला उनकै श्रीमती हुन् । 

अन्तिम मतपरिणामअनुसार ओलीले २४ हजार २ सय ८६, कांग्रेसका आचार्यले १९ हजार १ सय ८२,  साझा पार्टीका शिवकुमार चौधरीले २६६, राप्रपाका भुपाल रावतले २२५, समाजवादीका डिल्लीबहादुर डाँगीले १५४, राष्ट्रिय प्रजातन्त्र संयुक्तका छोटीलाल थारुले १३८, नेकपा मालेका हरिप्रसाद डाँगीले १०३, मंगोल नेशनल पार्टीका घनश्याम चौधरीले ९० मत पाए । अन्य उम्मेदवार कसैले पनि १०० मत कटाउन सकेनन् । 

उता, धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राईले फराकिलो मतान्तरले अगुवाइ गरिरहेका छन् । उनले २५ हजार ९ सय २८ मत प्राप्त गर्दा नेकपाका प्रकाश राईले २३ हजार ३ सय ९३ मत ल्याएका छन् । 

यसअघि २०७४ सालमा धरानमा तारा सुब्बाले तत्कालीन एमालेको तर्फबाट जितेका थिए । 





  • प्रकाशित मिति : मंसिर १६, २०७६ साेमबार ९:४१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया