विराट कोहली बने विश्वका नम्बर वान ब्याट्सम्यान

एजेन्सी– भारतका क्रिकेट कप्तान विराट कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले टेस्ट क्रिकेटमा विश्वको एक नम्बर ब्याट्सम्यान भनेको छ । 

विराट अष्ट्रेलियाका स्टिभ स्मिथलाई पछाडि छोडेर यो पोजिसनमा पुगेका हुन् । 

९२८ अंकका साथ कोहली अहिले नम्बर वानमा छन् जबकी स्मिथ उनीभन्दा पाँच अंकले पछाडि छन् । 

विराटले बंगलादेशविरुद्ध भएको कोलकता डे नाइट टेस्ट म्याचमा १३६ रनको पारी खेलेका थिए । तर, पाकिस्तानविरुद्ध एडिलेडमा खेल्दा स्मिथले केवल ३६ रन बनाएका थिए ।

अर्कोतिर, यही साता अष्ट्रेलियका डेभिड वार्नरले ३३५ रनको ऐतिहासिक पारी खेलेका थिए । यही कारण उनी १२ स्थान उक्लिएर पाँचौ नम्बरमा पुगेका छन् । 

इंग्ल्यान्डका जो रुटले पनि यसपटक टप टेनमा आफ्नो नाम दर्ज गरेका छन् । 



यो सूचीको सातौँ नम्बरमा चाहिँ अजिंक्य रहाणे रहेका छन् ।



  • प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार २३:२७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया