एजेन्सी– न्युजिल्यान्डमा एक ज्वालामुखी विस्फोट भएको छ । यो विस्फोट व्हाइट आइल्यान्डमा भएको हो । यो टापुमा जतिबेला ज्वालामुखी विस्फोट भएको थियो, त्यति बेला त्यहाँ कयौँ पर्यटकहरु रहेका थिए ।
तर, त्यहाँ कतिजना रहेका थिए भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन । न्युजिल्यान्डका अधिकारीहरुले त्यहाँ एक सयभन्दा धेरै मानिस भएको हुनसक्ने अनुमान गरेका छन् ।
न्युजिल्यान्डकी प्रधानमन्त्री अर्डेनले पनि त्यहाँ कतिजना फसेका छन् भन्नेबारे खुल्न नसकेको बताएकी छिन् ।
स्थानीय मेयरका अनुसार घटनामा दर्जनौँको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । यो टापुमा न्युजिल्यान्डको सबैभन्दा सक्रिय ज्वालामुखी रहेको विश्वास गरिन्छ ।
अहिलेसम्म यो टापुबाट २३ जनाको उद्धार भएको छ । घाइतेहरु अधिकांशको शरीर पोलिएको त्यहाँको अस्पतालले जनाएको छ । त्यहाँ थप उद्धार कार्य जारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।