काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले आउँदो बिहीबारदेखि देशभरि चिसो झनै बढ्ने जनाएको छ । पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायु बुधबार साँझ नेपाल प्रवेश गरेसँगै तापक्रम घट्दै जाने महाशाखाको अनुमान छ ।
मंगलबार बिहान जुम्लामा माइनस ३.३ डिग्री सेल्सियस पुगेको छ भने काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस छ । महाशाखाका अनुसार यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात हुने सम्भावना छ ।
बिहीबारदेखि काठमाडौं उपत्यकामा पनि घाम फाटफुट मात्र लाग्नेछ। उक्त प्रणालीका कारण देशैभरि बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई देशैभरि चिसो बढ्नेछ । देशका पश्चिमी भू–भागका धेरै स्थानमा र मध्य र पूर्वी भू–भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसम विभागका अनुसार यो प्रणाली शनिबारसम्ममा अन्त्य हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।