धनुषा बम विस्फोटः उपचारका क्रममा इन्स्पेक्टर दाहालको मृत्यु

जनकपुर– धनुषाको छिरेश्वरनाथ नगरपालिका ५ मा भएको बम विस्फोटमा घाइते प्रहरी निरीक्षक अमिर कुमार दाहालको पनि मृत्यु भएको छ । विस्फोटमा उनको कोखामा छर्रा लागेको थियो । उनको उपचारको क्रममा निधन भएको हो । 

उनलाई अस्पतालमा चिकित्सकहरुले शनिबार विहान ६ः४० मा मृत घोषणा गरेका हुन् । 

दाहालको निधनसँगै विस्फोटमा ज्यान गुमाउनको संख्या ३ पुगेको छ । 

धनुषामा गए राति १२ बजेतिर बम विस्फोट भएको थियो । विस्फोटमा ४५ वर्षका राजेश साह र उनका छोरा आनन्दको मृत्यु भएको छ । राजेश साहको घर नजिकै शंकास्पद वस्तु देखिएपछि त्यहाँ प्रहरी पुगेको थियो । भीड हटाउँदै गर्दा विस्फोट भएको हो ।

घटनामा राजेश साहकी छोरी अन्जली, छोरा प्रकाश घाइते भएका छन् । उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । उनीहरुसहित प्रहरी जवान रिजनाथ कुमारको पनि अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

बम विस्फोटबारे अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।





  • प्रकाशित मिति : मंसिर २८, २०७६ शनिबार ९:३७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया