जुम्लाको तिला गाउँपालिका–९ स्थित सेरा फूलबारी पाटनमा जडिबुटी सङ्कलन गर्न गएका १२ जना आइतबार राति घर फर्किएका छन् ।
गत बिहीबार जडीबुटी टिप्न गएका धनबहादुर बोहरा, छविराज बोहरा, जङ्ग रावत, सुमबहादुर बोहरा, नरवीर बोहरा, तुलु बोहरा, ननिलाल रावत, सूर्य रावत, कल्पना बोहरा, लाउरी बोहरा, रेश्मा बोहरा र मनमाया बोहरा र नरबहादुर बोहरा सकुशल घर आइपुगेको वडाध्यक्ष शेरबहादुर बोहराले जानकारी दिए ।
निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले बेपत्ता भएको सूचना पाएपछि उद्धारका लागि सुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा राखे पनि सबै सकुशल घर फर्केपछि स्थगित गरिएको जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।