भारतभर प्रदर्शन बढ्दो, मोदी रामलीला मैदानमा भन्छन्– विविधतामा एकता, भारतको विशेषता

एजेन्सी– भारतमा नयाँ नागरिकता कानुनको विषयमा विरोध प्रदर्शन झन् झन् बढ्दै गइरहेका छन् । भारतका विभिन्न ठाउँमा भएका प्रदर्शनमा प्रहरीले एक हजारभन्दा बढीलाई पक्राउ गरेको छ । एक दर्जनभन्दा बढीको निधन भएको छ । 

यहीबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रामलीला मैदानमा र्यालीलाई सम्बोधन गर्न पुगेका छन् । त्यहाँ उनले सधैं झैँ नारा लगाएर भाषण सुरु गरे । 

उनले र्यालीमा उपस्थितलाई विविधतामा एकता, भारतकी विशेषता भन्ने नारा तीन पटक दोहोर्याउन लगाए । त्यसपछि उनले आफ्नो सम्बोधन सुरु गरे । 

त्यहाँ नरेन्द्र मोदीले दिल्लीका जनतालाई आफ्नो सरकारले पूर्ण अधिकार दिएको उल्लेख गरे । ‘अधिकार मिल्नुको खुसी के हुन्छ भन्ने कुरा आज दिल्लीले देखाइरहेको छ,’ उनले भने, ‘दिल्लीको जीवन हामीले सुधार गरेका छौँ ।’

उनले निर्वाचन आएपछि अरु दलले भ्रम छर्ने गरेको पनि बताए । सम्बोधनमा अहिले जुन नागरिकता कानुनबारे प्रचार भइरहेको छ, त्यो गलत भएको र आफ्नो सरकार स्थायी समाधानमा विश्वास गर्ने भएकाले त्यही नियतअनुसार अगाडि बढेको पनि बताए । 





  • प्रकाशित मिति : पुस ६, २०७६ आइतबार १४:४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया